काठमाडौं। सन सेक्युरिटिज प्रालि (ब्रोकर नं ६४) र कमलादीस्थित युनिग्लोब सेकेण्डरी स्कुलबीच वित्तिय साक्षरता कार्यक्रम सञ्चालनका लागि एक सम्झौता भएको छ।
शुक्रबार एक कार्यक्रमबीच कलेजका तर्फबाट प्रिन्सिपल डा गणेश रेग्मी र सन सेक्युरिटिजका तर्फबाट कार्यकारी अध्यक्ष कृष्ण गिरीले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
‘सन नलेज पार्टनरसिप’ कार्यक्रमअन्तरगत भएको सम्झौतामा सन सेक्युरिटिजले युनिग्लोब कलेजअन्तरगत १०+२ मा अध्ययनरत विद्यार्थीहरुलाई वर्षैभरी शेयर बजार र यसका विभिन्न पक्षहरुसँग सम्बन्धित निःशुल्क तालिम, वर्कसप तथा सेमिनार कार्यक्रम आयोजना गर्नेछ।
यसका साथै प्राथमिक बजारमा गरिने लगानीका विभिन्न पक्षहरुका साथै धितोपत्रको दोश्रो बजारअन्तरगत गरिने कारोबार तथा लगानीसँग सम्बन्धित आधारभूत तथा प्राविधिक विश्लेषणका तालिमहरु प्रदान गर्ने बताइएको छ।
सम्झौताअन्तरगत युनिग्लोब कलेजका विद्यार्थी तथा उनीहरुका परिवार र शिक्षक एवं कर्मचारीहरुलाई सन सेक्युरिटिजले तालिमका साथै बजारसँग अझै नजिक बनाउन उनीहरुलाई आवश्यक हुने डिम्याट खाता, मेरो शेयर निशुल्क प्रदान गर्नुका साथै ब्रोकर कारोबार खाता खोल्ने सुविधा प्रदान गर्नेछ।
कलेजसँगको समन्वयमा १०/२ मा अध्ययनरत विद्यार्थीहरुलाई एकेडेमिक हिसाबले उपयुक्र्त हुने गरी गेष्ट लेक्चरहरु समेत प्रदान गर्ने बताइएको छ।
अर्थ सन्जाल