सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १०० र चाँदी तोलामा २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । साथै तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *