हिमालयन रि इन्स्योरेन्सको लाभांश घोषणा ,बोनस कति ?

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी १० अर्ब रहेको छ ।

कम्पनीले ४ प्रतिशतले हुन आउने ४० करोड बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशतले हुन आउने २ करोड १० लाख ५२ हजार ६ सय ३१ रुपैयाँ ५८ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *