नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्काशन गर्दै

नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्र २०८३ निष्काशन गर्न लागेको छ । बैंकले पाँच वर्ष २०८३ चैत ३० गतेसम्म आगामी चैत ३० गते उक्त नागरिक बचत पत्र निष्काशन गर्ने भएको हो ।
आज आइतबार एक सूचना जारी गर्दै बैंकले बचतपत्रका लागि दरखास्त दिन सार्वजनिक आह्वान गरेको छ । सूचना अनुसार पाँच वर्षे वचत पत्रमा बैंकले वार्षिक अधिकतम १० प्रतिशत ब्याजदर प्रदान गर्नेछ । ब्याज भने छ÷छ महिनामा वितरण हुनेछ ।
खरिदकर्ता लगानीकर्ताले घटीमा १० हजार रुपैयाँदेखि बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको लागि आवेदन दिन सकिने बैंकले जानकारि दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *