


काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले नेपाली यु-१९ का ब्याटर अर्जुन कुमाललाई कारबाही गरेको छ ।
दक्षिण अफ्रिकामा जारी आइसिसी यू-१९ विश्वकपमा बंगलादेशविरुद्धको खेलका दौरान भएको गल्तीका कारण उनीलाई कारबाही गरिएको जनाइएको छ ।
आईसीसीले अर्जुनलाई तीन डेमेरिट प्वाइन्ट दिएको छ । नेपालले ५ विकेटले गुमाएको बंगलादेशविरुद्धको त्यो खेलको इनिङ्सको छैठौं ओभरमा कुमाल दौडेर बंगलादेशका बलर मारुफ मृधालाई विकेटको बीचमा रन पूरा गर्ने क्रममा कुहिनोले हानेपछि घटना भएको हो । आईसीसीको आचार संहिता २.१२ उल्लंघन गरेका कारण उनी कारबाहीमा परेका हुन् ।
कुनै खेलाडीले २४ महिनाभित्र ४ डेमेरिट प्वाइन्ट पाएमा २ खेलको प्रतिबन्धको सामना गर्नुपर्ने हुन्छ । आज १:४५ बजे नेपाल र भारत भिड्दै छन् ।
Artha Sanjal

अर्थ सन्जाल