काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ४ लाख ५८ हजार १२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकले संस्थापक सेयरधनीहरू भरत रेग्मीको नाममा रहेको ६९ हजार ४१९ कित्ता, निशा केसीको ४४ हजार ३६५ कित्ता, संगीता केसीको ३ लाख ४१ हजार ७१९ कित्ता, पबित्रा थापाको १ हजार ७५९ कित्ता र खडग बहादुर थापा मगरको ८६२ कित्ता सेयर बिक्रीमा राखेको हो ।
बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य तोकेको छैन । बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र विवरण खुलाई निवेदन दिनुपर्नेछ ।
बैंकका अनुसार म्यादभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अघि बढ्ने छ ।
Artha Sanjal
अर्थ सन्जाल