


काठमाडौं। मुलुकभर आज सहिद दिवस विभिन्न कार्यक्रम गरि राष्ट्रियरुपमा मनाइँदै छ। काठमाडौं महानगरले सहिद स्मारक लैनचौरमा स्मृति सभाको आयोजना गरेको छ।
सप्ताहव्यपी मनाइने दिवसको अन्तिम दिन आज बिहान ८ बजे शान्ति बाटिकाबाट प्रभात फेरि निकालेको महानगरले लैनचौरमा पुगरे स्मृति सभा गरेको हो। स्मृति सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उच्च पदस्थ अधिकारीहरू सहभागी थिए।
कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भूमि, व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सहिदको स्मरण गर्दै देश र जनताको मुक्ति एवं प्रगतिका निम्ति उनीहरूले देखेको सपना र गरेको अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने संकल्प गर्न सबैलाई आग्रह गरेका छन्।
प्रचण्डले सहिदका सपना पूरा गर्न मन, वचन र कर्मले क्रियाशील रहन आवश्यक रहेको बताए।
तस्बिरहरू
तस्बिर : रासस

अर्थ सन्जाल