हिमालयन बैंकले आफ्नो मोबाईल बैकिङ्गमा नेपालपे क्युआरलाई आवद्ध गरेको छ । योसँगै अब बैंकका ग्राहकहरुले मोबाईल बैकिङ्ग प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपालपे क्युआर स्क्यान गरेर सजिलै भुक्तानी गर्न सक्नेछन् ।
साथै बैंकले राष्ट्र बैंकले जारी गरेको नेपालपे क्युआरमा आधारित भएर आफ्नो मर्चेन्ट म्यानेजमेन्ट सिस्टमको प्रयोग गरेर नेपालपे, भिसा, युनियन पे र अलिपे लगायतका लागि अन्तरसंचालनशिलता तथा अन्तरआवद्धता कायम हुने गरी अग्रिगेटेड क्युआर पनि स्विकार गर्ने सुरु गरेको छ ।






