काठमाडौं । इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले आंशिक भए पनि आँखाको ज्योति पाउने भएकी छन्। इण्डियन आइडल गायन रियालिटी शोमा उनी उत्कृष्ट १० मा छनोट भइसकेकी छन् ।
इण्डियन आइडलको पछिल्लो एपिसोडमा दिइएको जानकारीअनुसार विशेष डिभाइसको मद्दतमा मेनुकाले एक्लै हिंड्न, मान्छे चिन्न र सजिलैसँग पढ्न सक्ने छन्।
मेनुको उपचारका लागि इण्डियन आइडलले सघाउने भएको छ। यसैसाता आइडलकै टिमले उनलाई मुम्बईका एक प्रतिष्ठित नेत्र चिकित्सककहाँ लगेर आँखाको चेकअप गराएकोमा उनको आँखाको नर्भ्सले काम नगरेकाले उनले पूर्णरुपमा दृष्टि पाउन नसक्ने तर विशेष डिभाइसको मद्दतमा आंशिक दृष्टि पाउन सक्ने बताइएको छ।
‘आँखामा अप्टिक नर्भ्स हुन्छ । मेनुकाको त्यो नर्भ्सले काम गरेको छैन । उनले पूर्णरुपमा देख्न सक्ने सम्भावना छैन । यो परिस्थितिमा हामीसँग यस्तो डिभाइस छ, जसले केही कामहरु आफैं गर्न सक्नेछिन्,’ उनले भनिन्।
चिकित्सकका अनुसार त्यो उपकरण राखेपछि मेनुकाले एक्लै हिंड्न, मान्छेको अनुहार चिन्न सक्नेछिन्।
अर्थ सन्जाल