कृषि विकास बैंकले अधिकृत स्तरदेखि सहायक स्तरका कर्मचारीहरूको बढुवा गरेको छ । बैंकले लामो समयदेखि बढुवा नभएका कर्मचारीको बढुवा गरेको जनाएको छ ।
बैंकले अधिकृत स्तरका दशौं तहका ६ जना र ९ औं तहका ५१ जनाको बढुवा गरेको छ । नौं तह अधिकृत प्राविधि तर्फका १० जनाको बढुवा गरेको छ भने अधिकृत सातौ तहका ४६ जना सातौ तह प्रविधिक ४ जना कर्मचारी बढुवा गरेको कृषि विकास बैंकले जनाएको छ ।
सहयक स्तर पाचौ तहका ९७ जना कर्मचारीको बढुवा गरेको कृषि विकास बैंकले जनाएको छ ।