


काठमाडौँ । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ परेका छन् । हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारको दोहाबाट त्रिभुवन विमानस्थल उत्रिएका एक यात्रुलाई ४९९ ग्राम सुनसहित पक्राउ गरेको हो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कतारको दोहाबाट तरल रूपमा ल्याएको आधा किलो सुनसहित झापा स्थायी ठेगाना भएका खगेन्द्र दर्जीलाई नियन्त्रणमा लिएको हो ।
दर्जीले कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको विमानस्थल भन्सार कार्यालयले दर्जीलार्य नियन्त्रणमा लिएको हो ।
Artha Sanjal

अर्थ सन्जाल