


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ८० करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.४५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.५६ प्रतिशत घटेर २ अर्ब ६३ करोड ७४ लाख रुपैयाँमा खुम्चिएको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको सञ्चालन मुनाफा १३.१९ प्रतिशतले घटेर १ अर्ब २७ करोड ९२ लाख रुपैयाँ भएको छ । गत वर्षको सोही अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ४७ करोड ३५ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २४ करोड ६९ लाख रुपैयाँ ऋणात्मक रहको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा ४ रुपैयाँ २५ पैसा ऋणात्मक रहेको छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ १३ पैसा घटेर १३ रुपैयाँ ८६ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १४.६५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ रहेको छ।
बैंकको चुक्ता पूँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ पुर्याएको यस बैंकको जगेडा कोषमा ५ अर्ब २२ करोड ६६ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले १ खर्ब ५२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

अर्थ सन्जाल