चालु खातामा ४१३ अर्ब ८६ करोड घाटा

चालू आर्थिक वर्षको सात महिनासम्म चालु खाता रु।४१३ अर्ब ८६ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकमा देखिएको हो । अघिल्लो वर्षको अवधिमा चालु खाता रु १०४ अर्ब ३९ करोडले घाटामा थियो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड २१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ४७ करोडले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.४ प्रतिशतले कमी भइ ६ अर्ब ३१ करोड कायम भएको छ ।  खुद प्रत्यक्ष विदेशि लगानी ८०.६ प्रतिशतले वृद्धि भई रु १६ अर्ब २९ करोड रहेकोको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ८३ करोड र खुद प्रत्यक्ष विदेशि लगानी रु ९ अर्ब २ करोड थियो ।

अवधिमा अन्तर्राष्ट्रिय मुद्रा कोषवाट रु १३.०८ अर्ब अमेरिकी डलर ११०.४२ मिलियन एक्स्टेन्डेड क्रेडिट फसिलिटी प्राप्त भएको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति  २४७ अर्ब ३ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु।९७ अर्ब ३६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८१ करोड ७६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *