रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए। उनका अनुसार बैठकले पार्टीको आर्थिक तथा प्रशासनिक नियमावली पारित गर्नेछ।

त्यस्तै,संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभिन्न विभागको रिपोर्ट कार्डलगायतका बारेमा छलफल हुनेछ।

बैठकले सभापति रवि लामिछानले यसअघि गरेको नारायणगढ–बुटवल पदयात्राको समीक्षा गर्नेछ। यस्तै, पार्टीका तर्फबाट अब गर्ने भनिएको २१ वटा आयोजनाको पैदलयात्राको सम्बन्धमा समेत निर्णय गरिने उपसभापति अर्यालले बताए।

त्यस्तै, बैठकमा विभागीय कार्यसञ्चालन नियमावली, केन्द्रीय अनुशासन आयोगले प्रस्ताव गरेको आचारसंहिता, घरदैलो कार्यक्रमको रिपोर्टलगायतका विषयमा समेत छलफल हुने नेताहरूले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *