एमसिसी जुनसुकै हालतमा पास हुन्छ संशोधन हुदैन : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जुनसुकै हालतमा पास हुने ठोकुवा गरेका छन् ।
बाढी–पहिरोले पुर्‍याएको क्षतिको अवलोकन गर्न सुदूरपश्चिम प्रदेशको भ्रमणमा पुगेका बेला प्रधानमन्त्री देउवाले उक्त ठोकुवा गरेका हुन् ।

देउवा सुदुरपश्चिममा रहेका बेला प्रेस युनियन कैलालीले धनगढीमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमसिसी अनुदान परियोजना भएको र परियोजना लागू भएपनि नेपालको कानूनमातहत नै हुने दाबी गर्दै पास हुने बताएका हुन् ।

सत्ता गठबन्धनकै दलका नेताहरुले एमसिसी संशोधन गरेर मात्र पास हुन सक्ने बताइरहेका बेला प्रधानमन्त्री देउवाले भो संशोधन आवश्यक नरहेको बताएका छन् । परियोजनाबारे केही झुठा प्रचार गरिएको भन्दै प्रधानमन्त्री देउवाले एमसीसी परियोजना अनुदान भएको र यसमा नेपालकै कानून लागू हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *