


काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुनकाे मूल्य १०० रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
मंगलबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियाे । आज तोलामा १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुन प्रतितोला १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीकाे मूल्य ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।
Artha Sanjal

अर्थ सन्जाल