


काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको शुक्रबारदेखि कार्यकाल सकिएको छ। २०७८ फागुन ५ गते बोर्डको अध्यक्षमा नियुक्त भएका हमालको २ वर्षे कार्यकाल आजदेखी सकिएको हो ।
बोर्डले एक समारोहका बीच उनको औपचारिक विदाई पनि गरेको छ । बोर्डले उनलाई टोकन अफ अप्रिसिएसन प्रदान गरेको छ ।
उनले विदाईको क्रममा सार्वजनिक भूमिकामा विल्कुल नयाँ अनुभव र प्रयास गर्ने गरी बोर्डमा आएकोमा रूपान्तरणमा एक दियो बालेर विदा भएको बताएका छन्।
उनले सन्देशमा खासगरी स्टार्ट उद्यमशीलता विकास र पूँजी निर्माणको सवलीकरण एवम् एसएमइको माध्यमले एक नयाँ आयाम सृजना गर्ने उल्लेख गरेका छन् ।
Artha Sanjal

अर्थ सन्जाल