नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ३ जनाको नाम सिफारिस गरेको छ । निगम एमडी छनोट समितिले हिजो बुधबार बेलुका तीन जनाको नाम सिफारिस गरेको हो । इन्जिनियर उमेशप्रसाद थानी, डा. चण्डिकाप्रसाद भट्ट र जीवनप्रकाश सिटौलाको नाम सिफारिस गरेको हो ।
पार्टीमा सहयोग गरेका प्रधानमन्त्रीका पहिलो रोजाइमा परेका इन्जिनियर उमेशप्रसाद थानीको योग्यता माथि प्रश्न चिन्ह खडा भएको छ । निगम एमडी पदका लागि ४ वर्ष नेपाल इन्जिनियरिङ परिषद्म बसेर काम गरेको अनुभव पेश गरेपनि १ वर्ष भने निजी कलेजमा काम गरेको कार्य अनुभव पेश गरेका छन् ।
समानान्तर निर्माण सेवाका अध्यक्ष अच्युतप्रसाद खरेलको सिफारिसमा प्रधानमन्त्री पत्नी आरजुले थानीलाई एमडी बनाउन लागेकी हुन् । निर्माण व्यवसायी खरेल आरजुका निकट व्यक्ति हुन् । थानीलाई निगमको एमडीमा नियुक्त गर्नका लागि आवश्यक चाजोपाँजो मिलाउने काम खरेलले लिएका हुन् ।
नेपालको ‘क’ वर्गको निर्माण कम्पनीका अध्यक्ष खरेल र इन्जिनियरहरुको राजनीतिमा सक्रिय थानी मिल्ने साथी हुन् । इन्जिनियर थानीका सहकर्मीहरु भौतिक पूर्वाधार, सहरी विकासलगायत विकासे मन्त्रालयका उच्च पदमा आसिन छन् । एमडीका दोस्रो बलियो दावेदार डा। चण्डिकाप्रसाद भट्ट विशेष आर्थिक क्षेत्र (सेज) का वहालबाला कार्यकारी निर्देशक हुन् ।
उता थानी र भट्ट दुबैलाई पाखा लगाउन सके भतिज कृष्णप्रसाद सिटौलाको विशेष निगाहमा एमडी बन्ने तिव्र इच्छाका साथ जीवनप्रकाश सिटौलाले लागि परेका छन् । यस अघि ओली सरकारले उनलाई सम्पत्ति शुद्धीकरण विभाग सुम्पिएको थियो ।
उनी अहिले अवकास प्राप्त निजामति कर्मचारी हुन् । झापाली भएका कारण उनलाई ओली सरकारले उद्योग विभागबाट अत्यधिक कमाइ हुने विभाग सम्पक्ति शुद्धीकरणमा महानिर्देशक बनाएर पठाएको थियो । भर्खरै पितृ शोक बारेर आएका सिटौला जसरी पनि खबौंको कारोबार हुने निगममा एमडी बन्न जोडतोडका साथ लागि परेका छन् ।