बालकुमारीमा आन्दोलनरत प्रदर्शनकारिमाथि चल्यो प्रहरीको अश्रुग्यास

काठमाडौं । बालकुमारीमा आन्दोलनरत प्रदर्शनकारिमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनले बालकुमारी क्षेत्र तनावग्रस्त बनेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।

प्रदर्शनमा उत्रिएका युवाले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनीसमेत गरेका छन्। मन्त्री ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडी रोकेर आन्दोलनकारिले आगजनी गरेका हुन्। आगजनीबाट गाडी जलेर पूर्णरूपमा क्षतिग्रस्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *