चिलिमे जलविद्युत कम्पनी लिमिटेडले यस वर्षको ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीलेआजसुचना जारी गरी सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको जानकारी दिएको हो । धितोपत्र दोस्रो बजारमा कम्पनीले बोनस वापतको शेयर फागुन २२ गते सूचीकृत भईसकेको छ । फागुन २३ गतेदेखि कारोबारयोग्य भएको कम्पनीको बोनस शेयर सम्बन्धीत शेयरधनीहरुले हितग्राही खातामा प्राप्त गरिसकेपछि कारोबार सुरु गर्न सक्नेछन् ।
कम्पनीले गत पुस २३ गते सम्पन्न २५औं वार्षिक साधारण सभा मार्फत ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर समेत ७ दशमलव ५ नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश पारित गरेको थियो । कम्पनीको रू ६ अर्ब २८ करोड ७ लाख ३९ हजार चुक्तापूँजीको आधारमा कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय भएको हो ।
लाभांश प्रयोजनका लागि पुस १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश पाएको छन् ।
कम्पनीको विगतका वर्षहरुको लाभांश इतिहासलाई हेर्दा अधिकतम ५० प्रतिशतसम्म लाभांश दिएको छ । आर्थिक वर्ष ०६र८६९ को मुनाफाबाट कम्पनीले हालसम्मकै उच्च ५० प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २० प्रतिशत नगद लाभांश वितरण गरेको हो ।