काठमाडौं। आज पनि सेयर बजामा ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से १.९३ अकंले घटेर २०६८.९० बिन्दुमा बन्द भएको छ ।
त्यस्तै, सेन्सेटिभ परिसूचक पनि १.६२ अंकले घटेर ३८५.४४ बिन्दुमा पुगेको छ । आज ३०३ कम्पनीको १ करोड १६ लाख ५८हजार ११० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ९ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सात उपसूचक ओरालो लागेको छ । बिहिबार बैंकिङ समूहको ०.५० प्रतिशत, विकास बैंक समूहको ०.७३ प्रतिशत, फाइनान्स समूहको ०.२८ प्रतिशतले सेयर मूल्य घटेको हो ।
त्यस्तै, शिवम् सिमेन्टको १३ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घोराही सिमेन्टको १३ करोड ४३ करोडको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको १२ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै भिजन लुम्बिनी उर्जा कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । चिरख्वा हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । मनकामना इन्जिनियरिङका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्था र बिपीडब्लु लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।
त्यस्तै, आज सोनापुरको १४ करोड ३८ लाख रुपैयाँ र शिवम् सिमेन्टको १३ करोड ५६ लाख रुपैयाँको कारोबार भएकोछ ।
त्यस्तै, आज सबैभन्दा धेरै भिजन लुम्बिनी उर्जा कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । चिरख्वा हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । मनकामना इन्जिनियरिङका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।
अर्थ सन्जाल