लगानीकर्ताले प्रोफिट बुक गर्न खोज्दा घट्यो सेयर बजार, एक वर्षयताकै उच्च कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । बजारमा नेप्से परिसूचक २१.०३ बिन्दुले घटेर २०८८.०७ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९९ प्रतिशतले घटी हो ।

परिसूचक दोहोरो अंकले घटेको बजारमा सेयर कारोबार रकममा भने सुधार देखिएको छ । आज विगत एक वर्षयताकै उच्च कारोबार भएको छ ।बजारमा एकैदिन ७ अर्ब ११ करोड १७ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

निरन्तर घटिरहेको बजार बढेपछि लगानीकर्ताले प्रोफिट बुक गर्न खोज्दा घटेको देखिन्छ ।

बजारमा १६१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ वटा कम्पनीको सेयर मूल्य स्थीर छ ।

आज पाँच कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ, भने ७ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।

आज बोटलर्स नेपाल (बालाजु) कालिका पावर कम्पनी, सामलिङ पावर कम्पनी, बिपिडब्लु लघुवित्त वित्तीय संस्था र चिरख्वा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

ज्योति विकास बैंकको ऋणपत्र र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य १० प्रतिशतले घटेर नेगेटिभ सर्किट लागेको छ । निरन्तर बढिरहेको हाथवे इन्भेष्टमेन्ट नेपालको सेयरमूल्य पनि आइतबार ९.८५ प्रतिशतले घटेको छ ।

यसदिन शिवम् सिमेन्टको सर्वाधिक ३० अर्ब ४३ करोड २८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्ट, सोना सिमेन्ट घोराही सिमेन्ट लगायत कम्पनीको पनि सर्वाधिक कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *