आत्मनिर्भर लघुवित्तले आह्वान गर्‍याे पाँचौं वार्षिक साधारणसभा

काठमाडाैं। आत्मनिर्भर लघुवित्तले बोलायो साधारणसभा आह्वान गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारणसभा आह्वान गरेको हाे ।

कम्पनीले आगामी पुस २८ गते, शनिबार, होटल माला ईन, घोराही, दाङमा पाँचौ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभाले १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण समूहबाट दुई जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिन बुकक्लोज गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *