काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । संस्थाको ६६ लाख ५७ हजार ६४२ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको हो ।
यससँगै संस्थाको संस्थापक र साधारण सेयरको स्वामित्व क्रमशः ६१.०१ र ३८.९९ प्रतिशत भएको छ । अब संस्थापक समूहतर्फ ४० लाख ६१ हजार ८२७.८३ कित्ता र सर्वसाधारण समूहतर्फत २५ लाख ९५ हजार ८१४. ९० कित्ता सेयर भएको छ ।
यसअघि लघुवित्तको संस्थापक सेयरको स्वामित्व ७१ प्रतिशत र साधारण सेयरको स्वामित्व २९ प्रतिशत रहेको थियो ।
Artha Sanjal
अर्थ सन्जाल