काठमाडौं । तीन इन्टरनेट सेवाप्रदायकले काठमाडौंबाहिर टिकटक खुलाएका छन्।
अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामै बुधबार वर्ल्डलिंकसहित तीन आइएसपीले आफूखुशी टिकटक खुलाएका हुन्।
स्रोतका अनुसार वर्ल्डलिंक, डिसहोम फाइबरनेट र ब्रोडलिंकका उच्च अधिकारीको अनौपचारिक बैठक आज काठमाडौंमा बसेको थियो।
सो बैठकले काठमाडौं बाहिरका चार ठाउँमा रहेका लोकल सर्भरबाट टिकटक खुलाउने निर्णय गरेको बताइएको छ। त्यसलगत्तै तीनवटै आइएसपीका ग्राहकहरूको डिभाइसमा टिकटक चल्न थालेको छ। काठमाडौंमा भने तत्काल नखोल्ने रणनीति छ।
Artha Sanjal
अर्थ सन्जाल