सिजि मोटर्स सिएटीएलको आधिकारिक सर्भिस सेन्टर स्थापना गर्ने तयारी

काठमाडौं । सिजि मोटर्स विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’को नेपालका लागि अधिकारिक सर्भिस सेन्टर स्थापना गर्ने तयारी थालिएको छ।

कम्पनीले नेपालमा १५०० भन्दा धेरै गाडी बिक्री गरेको नेटा, लाइट कमर्शियल भेइकल केवाइसी, किङलङ सम्पूर्ण गाडीहरूमा सिएटीएलकै ब्याट्री जडान भएको र विद्युतीय गाडीहरू बिक्री वितरणको प्रमुख हिस्सा रहेको हुनाले सिजिलाई सर्भिस सेन्टरको काम सुरु गर्न निर्देशन् दिइएको हो।

साझेदारीअन्तर्गत सिजि मोटर्सले नेपालमा सिएटीएल लागि आधिकारिक सर्भिस कम्पनीका रूपमा काम गर्नेछ। साथै सिएटीएल ब्याट्रीसँग सम्बन्धित सम्पूर्ण कार्यहरूको नेपालमै सेवा दिन सक्नेगरी सिएटीएलको सेवा उपयोग गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *