काठमाडाैं । नेपाल वेरहाउजिङ कम्पनीकाे आईपीओ नेप्सेमा सूचीकृत भएको छ। बुधबार नेप्सेले कम्पनीको ६८ लाख ७५ कित्ता आईपीओ सूचीकृत गरेको हो।
कम्पनीको शेयर कारोबारको लागि नेप्सेले एनडब्लुसिएल कारोबार संकेत प्रदान गरेको छ भने पहिलो शेयर कारोबारको लागि ९३ रुपैयाँ ४ पैसादेखि २७९ रुपैयाँ १२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ।
बिहीबार यही रेञ्जमा आधारित रहेर कम्पनीको शेयर कारोबार खुल्ने छ।








