पाँच महिनापछि खुल्यो प्रभु र महालक्ष्मी इन्स्योरेन्सको सेयर कारोबार

काठमाडाैं । मर्जरमा गएका प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर कारोबार करिब पाँच महिनापछि खुलेको छ। मंगलबारदेखि प्रभु महालक्ष्मी इन्स्योरेन्सको नामबाट कारोबार खुलेको हो।

मंगलबार प्रतिकित्ता ५९८ रुपैयाँबाट कारोबार खुलेको हो। नेप्सेले कम्पनीको सेयर कारोबारको लागि पिएमएलआई सिम्बोल प्रदान गरेको छ।

कारोबार खुलेको पहिलो दिन नै कम्पनीको शेयर मूल्य झण्डै ५ प्रतिशतले घटिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *