काठमाडौँ । नेपाल बैंक लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृतको पदमा उम्मेदवारी दिएका ५ जनाको नाम अन्तर्वार्ताका लागि छनोट भएको छ ।
आइतबार बैंकले एक सूचना जारी गर्दै प्रमुख कार्यकारी पदमा दरखास्त दिएका १९ जना उम्मेदवारहरूमध्ये ५ जनाको नाम अन्तर्वार्ताका लागि छनोट गरी प्रकाशित गरेको हो ।छनोट हुनेहरुमा अशोककुमार पौडेल, तिलकराज पाण्डेय, ध्रुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्ट रहेका छन् ।
प्रमुख कार्यकारी अधिकृतको पदपूर्तिसम्बन्धी कार्यविधि २०८० को दफा(८) १ मा भएको व्यवस्था बमोजिम उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्य अनुभव र व्यावसायिक कार्य योजनाको मूल्याङ्कनमा प्राप्त गरेको कूल प्राप्ताङ्कको योग्यता क्रमका आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्ने ५ जनाको नाम छनोट गरिएको बैंकले जनाएको छ ।
नाम छनोट हुने मध्ये पाण्डेय र पौडेलको पौष ४ गते बिहान ८ बजेदेखि १० बजेसम्म, गौतम पौडेल र भट्टको पौष ४ गते दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म बैंकको केन्द्रीय कार्यालय धर्मपथमा अन्तर्वार्ता हुने समेत जारी सूचनामा उल्लेख छ ।