काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको मेगा बम्पर उपहार राजु तामाङले हात पारेका छन् । रोजगारीका सिलसिलामा साउदी अरबमा रहेका तामाङले ५३ हजार ७५ रुपैयाँ पठाएकोमा त्यसको १० गुणाबराबरको ५ लाख ३० हजार ७५० रुपैयाँ हात पारेका हुन् ।
कम्पनीले ‘विदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ योजनाअन्तर्गत मेगा बम्पर उपहार ‘आफूले पठाएको भन्दा १० गुणा बढी पाउने’ विजेताको नाम आइतबार घोषणा गरेको हो ।
चर्चित हास्य कलाकार एवं सिटी एक्सप्रेसका ब्रान्ड एम्बेसडर जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनको उपस्थितिमा विद्युतीय प्रणालीबाट विजेता छनौट गर्दा साउदीमा कार्यरत तामाङ भाग्यमानी सावित भएका हुन् ।
कम्पनीले असोज १५ देखि मंसिर १५ सम्म चल्ने गरी ६१ दिनका लागि दसैँ, तिहार र छठलाई लक्षित उपहार योजना घोषणा गरेको थियो । योजनाअन्तर्गत ६ हजार १ सय जनाले दैनिक उपहार ५ सयको वालेट टप अप, ४५ जनाले साप्ताहिक उपहार जनही २५ हजार र २ जनाले मासिक उपहार जनही १ लाख रुपैयाँ जितिसकेका छन् ।