नेबिकोको ४ वटा नयाँ प्रडक्ड सार्वजनिक

नेपालको पहिलो बिस्कुट उत्पादक नेबिकोले थप ४ वटा प्रडक्टहरु सार्वजनिक गरेको छ ।

कम्पनीले सोमबार बिस्कुटमा डि ५० डाइजेस्टिभ, कुकिजमा नाइस मिल कुकिज, खाद्यान्नमा कुरुम कुरुम चिउरा र स्न्याक्समा साल्टेड पिनट्स ल्याएको हो ।

१५० ग्रामको डि ५० डाइजेस्टिभको मूल्य ५० रुपैयाँ तोकिएको छ । यसले पाचन प्रणालीमा सहजीकरण गर्ने र शरीरलाई तागत प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीले दुधको स्वादमा रहेको १८० ग्रामको नाइस मिल कुकिजको पनि ५० रुपैयाँ तोकेको छ ।

यस्तै कम्पनीले कुरुमकुरुम चिउराको ८०० ग्रामको ९५ र ३५ ग्रामको साल्टेड पिनट्सको २० रुपैयाँ तोकको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *