


काठमाडौं । कारोबार खुलेको १ घन्टाको अवधिमा सेयर बजार २५.४४ अंकले बढेकाे छ ।
यो समाचार तयार पार्दासम्म सेयर बजार कारोबार मापक नेप्से २५.४४ अंकले बढेर २०१०.८८ बिन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ४.४७ अंकले बढेर ३७८.८३ बिन्दुमा पुगेको छ ।
कारोबार खुलेको १ घन्टाको अवधिमा २७० कम्पनीको ३२ लाख ७१ हजार ५०३ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब १ करोड १८ लाख भन्दाबढी रुपैयाँ बराबरको कारोबार भएको छ।
बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयरमूल्य १० प्रतिशत र घलेम्दी हाइड्रो लिमिटेड ९.८९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
Artha Sanjal

अर्थ सन्जाल