


काठमाडौं । ग्राहकलाई केन्द्रमा राखेर सेवा दिँदै आएको नबिल बैंकले समयानुकूल विभिन्न सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
सन् १९८४ मा स्थापना भएको नबिल बैंकले नेपालको आर्थिक क्षेत्रको विकासमा अग्रणी भूमिका निर्वाह गरिरहेको छ । ३९ वर्षको अनवरत यात्रामा नबिल बैंकले उत्कृष्ट सेवा, प्रविधिको भरपुर उपयोग र नविनतम उत्पादनमा समेत मुख्य भूमिका निर्वाह गरेको छ।
समयानुकूल सेवालाई विस्तार गर्ने क्रममा नबिल बैंकले घरदेशदेखि परदेशसम्म छरिएर रहेका सबैलाई समेट्ने प्रयास गरिरहेको छ । पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारी र उच्च शिक्षा अध्ययनका लागि जानेहरूको संख्या दिनप्रतिदिन बढ्दो छ । विदेशमा रहेका नेपालीहरूलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्न नबिल बैंकले आफ्नो सेवालाई थप विस्तारित र परिस्कृत गर्दै गइरहेको छ ।
विदेशमा हुने नेपालीहरुलाई सहज होस् भनेर बैंकले अनलाइनबाट नै खाता खोल्न सक्ने सेवाको समेत विस्तार गरेको छ । जसले खाता खोल्न भौतिक उपस्थिति जनाउनुपर्ने बाध्यतामात्र हटेको छैन । वैदेशिक रोजगार अथवा उच्च शिक्षाका लागि विदेशिएकाहरुले सजिलै विदेशमै बसेर बैंक खाता खोल्न सक्नेछन् भने आफ्नै खातामा पैसा जम्मा गर्न सक्नेछन् ।
विदेशमा हुने नेपालीहरुलाई अझै बढी सेवा प्रदान गर्ने उद्देश्यका साथ नबिल बैंकले ‘एन रेमिट’ सेवा समेत सञ्चालनमा ल्याएको छ । जुन सेवामार्फत सेवाग्राहीले जुनसुकै देशमा रहेर पनि सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् ।
विदेशमा बस्ने ग्राहकहरूले नबिल बैंकको ‘एन रेमिट’ छनोट गरी आफ्नो मास्टर कार्ड वा भिसा कार्डहरू प्रयोग गरेर अन्तर्राष्ट्रिय बैंकहरूबाट सिधै नबिलसहित अन्य जुनसुकै बैंक खातामा पैसा पठाउन सक्नेछन् । त्यो पनि तत्कालै । न समय लाग्ने, न अतिरिक्त शुल्क लाग्ने, न कुनै झन्झट नै हुने ।
नबिल बैंकको ‘एन’ रेमिटमार्फत ग्राहकले थप कुनै शुल्क बिना, सुरक्षित, विश्वसनीय, बिनाकुनै खाता डेबिट कार्डको प्रयोग गरी तुरुन्तै पैसा पठाउन सक्ने बैंकले जनाएको छ ।
विदेशबाट पैसा पठाउने भन्ने बित्तिकै समय लाग्ने, चर्को शुल्क लाग्ने, तत्काल पठाउन नसकिने अथवा आफू बसेको देशको सम्बन्धित बैंकिङ च्यानल रोज्नुपर्ने अवस्था हुन्छ ।
तर नबिल बैंकको ‘एन रेमिट’ सेवाले ग्राहकलाई यति सजिलो बनाइदिएको छ, जुन सुविधाले विदेशको जुनसुकै स्थानबाट पनि सजिलै, केही मिनेटभित्र नेपालमा पैसा पठाउन सकिन्छ । त्यो पनि आफ्नै मोबाइल अथवा ल्यापटप÷कम्युटरमार्फत । न बैंक धाउनुपर्ने, न कुनै खाता नै खोल्नुपर्ने, न त अतिरिक्त शुल्क नै लाग्ने, न त कार्यालय समय नै कुर्नुपर्ने झन्झट । मास्टर कार्ड वा भिसा कार्ड भए पुग्ने ।
‘एन बैंक एप’ डाउनलोड गरी अथवा आफ्नो इन्टर्नेट ब्राउसरमा https://nbank.nabilbank.com/ टाइप गरी जुनसुकै बेला पैसा पठाउन सकिने छ । एक पटकमा यसमा १०० देखि ५००० यूएसडी (डलर) नेपाल पठाउन सकिनेछ ।
कसरी पठाउने ?
तपाईंले आफ्नो मोबाइलमा नबिल बैंकको मोबाइल बैंकिङ एप ‘एन बैंक’ डाउनलोड गर्नुहोस् । उक्त एप डाउनलोड भइसकेपछि त्यसलाई ओपन गर्नुहोस् । त्यहाँ लग इन अप्सन देखाउँछ । त्यसलाई थोरै तल स्क्रोल गर्नुहोस् । जहाँबाट तपाईंले लग इन बिना नै पेमेन्ट गर्ने सुविधा प्राप्त गर्नुहुन्छ । त्यसपछि तपाईंले एन रेमिट अप्सनमा क्लिक गर्नुपर्नेछ ।
त्यहाँ दिएको विवरणहरु (प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर, खाताको नाम र खाता नम्बरको विवरण भर्नुपर्नेछ । त्यसैगरी पठाउनेको व्यक्ति इमेल एड्रेस, आफू बसको देशको कोड नम्बर मोबाइल नम्बर, नाम, आफू बसेको एड्रेस, देशको नाम र कुन प्रयोजनको लागि पठाउने सो उल्लेख) गरेर प्रोसिड अप्सनमा क्लिक गर्ने । यति गरेसकेपछि तपाईंले भर्नुभएको विवरण ठिक छ कि छैन हेर्ने । अनि यसलाई सबमिट गर्ने । त्यसपछि आफ्नो मास्टर कार्ड वा भिसा कार्डको विवरण भर्नुपर्छ । यति विवरण भरिसकेपछि सजिलै पैसा पठाउन सकिन्छ । तपाईंले पठाएको पैसा प्राप्त गर्ने व्यक्तिले न घन्टौं कुर्नुपर्छ न बैंक न धाउनुपर्छ । पठाउनेबित्तिकै सिधै सम्बन्धित व्यक्तिको खातामा आइपुग्छ ।
यसको अलावा तपाईंले वेवसाइट https://nbank.nabilbank.com/ को प्रयोग गरी ल्यापटप वा कम्युटरमार्फत पनि सजिलै पैसा पठाउन सक्नुहुन्छ ।
यसका साथै विदेशमा बस्ने नेपाली नागरिकले अनलाइनकै माध्यमबाट नबिल बैंकमा खाता खोलेर आफ्नै खातामा बचत पनि गर्न सकिने बैंकले जनाएको छ ।
नबिल ‘एन’ बैंक एपबाट ३० सेकेण्डभित्रै ‘एन’ सेभिङ्ग खाता खोल्न सकिन्छ । खाता खोल्न ग्राहकले आफ्नो नाम, जन्म मिति, इमेल एड्रेस, मोवाइल नम्बर र नागरिकता नम्बर मात्र दिए पुग्छ । यसमा ग्राहक पहिचान फारम (केवाइसी) भरिराख्नुपर्ने झन्झट भने हुँदैन । तर यस्तो खातामा १५ दिनसम्म मात्र डिजिटल कारोबार गर्न सकिनेछ । त्यसपछि अनिवार्य रुपमा केवाइसी भर्नुपर्ने हुन्छ ।
ग्राहकले केवाइसी भर्नको लागि बैंकमा भौतिक उपस्थिति जनाइराख्नु पर्दैन । जुनसुकै स्थानमा रहेर अनलाइनमार्फत नै ग्राहक पहिचान फारम (केवाइसी) भर्न सकिनेछ । जसमा भिडियो केवाइसीको माध्यमबाट ग्राहकको प्रमाणीकरण गर्न सकिन्छ । भिडियो कलमार्फत ग्राहकले आफ्नो सक्कल प्रमाणपत्र देखाउनुपर्नेछ । त्यसपछि बैंकले एक कार्य दिनभित्रै केवाइसी प्रमाणीकरण गर्नेछ ।
बैंकले कस्टमर केयर सेन्टर र भिडियो केवाइसीमार्फत् २४ सै घण्टा सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थ सन्जाल