


काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा पेट्रोलियम पदार्थको आयात नौ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि कात्तिकसम्म ८८ अर्ब ९८ करोड ४४ लाख २२ हजार रुपियाँको आठ लाख किलोलिटर पेट्रोलियम पदार्थ ९डिजेल, पेट्रोल, मटितेल, ग्यास र हवाई इन्धन० आयात भएको हो ।
गत वर्ष सो अवधिमा ९८ अर्ब २७ करोड ९९ लाख ६६ हजार रुपियाँको इन्धन आयात भएको थियो । गत वर्षको तुलनामा चालु आवको चार महिनामा १० अर्ब रुपियाँको इन्धन कमी आएको छ । बजारमा इन्धनको खपत कम हुँदा आयातमा कमी आएको तथ्याङ्कले देखाएको छ ।
नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले पछिल्लो समय मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण विकास निर्माणको काम कम हुँदा इन्धनको खपतमा कमी आएको जानकारी दिए। औद्योगिक प्रयोजनमा २५ देखि ३० डिजेल खपत हुने गरेको निगमको भनाइ छ ।
पछिल्लो समय आर्थिक सङ्कटका कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । व्यवसायीका अनुसार आर्थिक मन्दीका कारण ३० देखि ४० प्रतिशत उद्योग मात्र पूर्ण क्षमतामा सञ्चालन भएका छन् ।
खाना पकाउने एलपी ग्यासको समेत खपत घटेको छ। विद्युतीय चुलो ९इन्डक्सन० को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपत कमी भएको निगमको भनाइ छ । विभागका अनुसार चार महिनामा २२ अर्ब ८७ करोड २७ लाख ६१ हजार रुपियाँ बराबरको दुई लाख २३ हजार ८१० किलोलिटर पेट्रोल आयात भएको छ ।
४० अर्ब ३१ करोड २४ लाख ४४ हजार रुपियाँ बराबरको तीन लाख ५९ हजार ६६ सय किलोलिटर डिजेल आयात भएको छ । तीन लाख ४४ हजार ७३४ रुपियाँ बराबरको तीन हजार १७२ किलोलिटर मटितेल आयात भएको छ ।
यस्तै ६८ अर्ब ८४ करोड तीन लाख ४२ हजार रुपियाँको ६१ हजार ६६४ किलोलिटर हवाई इन्धन आयात भएको छ । यस्तै चार महिनामा १५ अर्ब ४५ करोड ८५ लाख ९३ हजार रुपियाँको एक लाख ६७ हजार ९९४ मेट्रिक टन ग्यास आयात भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।

अर्थ सन्जाल