काठमाडौं । पछिल्लो समय सरकार सामाजिक सञ्जालप्रति कठोर बन्दै गइरहेको छ । हालै मात्र मात्र सरकारले चर्चित भिडियो प्लेटफर्म टिकटकमा प्रतिबन्ध लगायो । टिकटकबाट सामाजिक सद्भाव बिथोलिएको निष्कर्षसहित सरकारले उक्त एपमाथि प्रतिबन्ध लगाएको हो ।
सामाजिक सञ्जालले अराजकता मच्चाएको भन्दै पछिल्लो समय सरकारले कडाइ गर्दै गइरहेको छ । पछिल्लो समय सरकारले टिकटकमा प्रतिबन्ध लगाएसँगै टिकटक जस्तै अन्य एपहरु माथि पनि निगरानी बढाएको छ । बीबीसी नेपाली सेवाले उल्लेख गरेको समाचार अनुसार साकारले टिकटकजस्तै प्रयोगकर्ताहरू लाइभ बस्न मिल्ने थप सामाजिक सञ्जालमाथि पनि निगरानी सुरु गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा सूचना प्रविधि विज्ञको रूपमा कार्यरत प्रकाश रायमाझीले बिगो लाइभ, स्न्यापच्याट, लाइकी र टिन्डरजस्ता अन्य केही एपहरूमाथि पनि निगरानी भइरहेको बीबीसीलाई बताएको समाचारमा उल्लेख छ ।
रायमाझीका अनुसार प्रधानमन्त्री कार्यालयले विज्ञहरूसहितको एउटा टोली नै बनाएर ती एपहरूको निगरानी गरिरहेको छ ।
प्रधानमन्त्री कार्यालयले निगरानीमा राखेका एपहरूमा बिगो लाइभ, लाइकी, टिन्डर, स्न्यापच्याट, टेलिग्राम लगायत छन् ।
यता, टिकटक प्रतिबन्ध गर्ने सरकारी निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दर्ता भएका एक दर्जन बढी मुद्दा विचाराधीन छन्। अदालतले उक्त निर्णयको कानुनी आधारबारे सरकारसँग मङ्सिर २१ गतेभित्र जवाफ माग गरेको छ।
अर्थ सन्जाल