काठमाडौं । २२ नोभेम्बर २०२३ मा इन्डियन चेम्बर अफ कमर्सले भारतको मुम्बईमा आयोजना गरको ‘ चौर्थौं इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२३’ मा सूर्यज्योति लाइफले चारवटा बिधा “बेस्ट वुमन इन लिडरशीप”, “बेस्ट स्ट्राटेजी फर इन्स्योरेन्स स्प्रेडिङ्ग”, “बेस्ट इनोभेसन एण्ड डाईभर्सिफिकेसन” र “बेस्ट लाइफ इन्स्योरेन्स” आवार्ड हासिल गर्न सफल भएकोछ ।
उक्त कार्यक्रममा भारत, नेपाल, बांगलादेश, भुटान, श्रीलंका, म्यानमार, थाईलाण्ड लगायत अन्य देशहरुका इन्स्योरेन्स कम्पनीहरुबाट उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो । विश्व विख्यात चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पी डब्लु सी , इन्डियन इन्सिटिच्यूट अफ इन्स्योरेन्स, अन्तराष्ट्रिय बीमा विज्ञहरु लगायत थुप्रै प्रतिस्ठित संस्थाहरुबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा अवार्ड प्रदान गरिएको हो । उक्त कार्यक्रममा चारवटै बिधाको अवार्ड सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश बिक्रम खत्रीले ग्रहण गरे ।
ऐतिहासिक सफल मर्जरको छोटो अवधिमै हरेक सुचांकहरुमा कम्पनीले उत्कृष्टता हसिल गर्दै अईरहेको र यो अन्तराष्ट्रिय स्तरको अवार्ड हासिल गर्नका लागि अहोरात्र खटिनुहुने कम्पनीका सम्पूर्ण कर्मचारी र अभिकर्ताहरुको प्रमुख भुमिका रहेको जानकारी गराउँदै, नियमनकारी निकाय बीमा प्राधिकरणको मार्गनिर्देशन र कम्पनीको सञ्चालक समितिको हौसला र बिश्वाशको लागि प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश बिक्रम खत्रीले कृतग्यता व्यक्त गरे ।
अर्थ सन्जाल