काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यलयमा आइपीओ बाँडफाँट भएको हो ।
एफपीओमा कुल १० लाख ७२ हजार ७ सय ६८ जनाको आवेदन परेको थियो । ३२५ जनाको आवेदन अयोग्य रहेकोले योग्य रहेका १० लाख ७२ हजार ४ सय ४३ जनालाई गोलाप्रथामा सहभागी गराएर एफपिओ बाँडफाँट भएको हो ।
जस अनुसार १७ हजार ८ सय ४५ जनाले सेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर, एक जनाले १०.१८ कित्ता शेयर र बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् ।
सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको थियो । कम्पनीले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१।१८ कित्ता सेयर निष्काशन गरेको थियो ।
एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बी प्लस प्रदान गरेको छ।
यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा
सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: www.siddharthacapital.com
मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login
अर्थ सन्जाल