


काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् ।
कम्पनीको गत मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समेत रहेका उनलाई अध्यक्षमा चयन गरेको हो । उनी यसअघि पनि कम्पनीको अध्यक्ष भएका थिए । कास्की जिल्लाको पोखरा घर भएका उनी विभिन्न व्यवसायमा पनि संलग्न छन् ।
सोही बैठकले कम्पनीका अध्यक्ष डा उपेन्द्र महतोले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।
Artha Sanjal

अर्थ सन्जाल