बुद्ध एअरको जहाज नेपालगञ्ज अवतरण नगरी काठमाडौं फर्कियो

नेपालगन्ज । काठमाडौंबाट नेपालगन्जका लागि उडेको बुद्ध एअरको एटिआर विमान मौसम खराबीका कारण अवतरण नगरी पुनः काठमाडौं फर्किएको छ।

बुधबार बिहान काठमाडौंबाट बुधवार बिहान करिब ७ बजेर ४५ मिनेटमा उडेको विमान मौसम खराबीका कारण नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसक्दा दाङको आकाशमा पुगेर काठमाडौं फर्किएको बुद्ध एअर नेपालगन्जका प्रमुख विनीत शाहले बताए।

उनले नेपालगन्ज विमानस्थलमा हुस्सु लागेकोले विमान अवतरण गर्न नसक्ने देखिएपछि पुनः काठमाडौं फर्काइएको जनाउँदै सो विमान काठमाडौं विमानस्थलमा अवतरण गरिसकेको र इन्धन भरेर पुनः नेपालगन्ज उड्ने तयारीमा रहेको बताए।

नेपालगन्ज विमानस्थलको मौसम ठिक भएपछि बिहान साढे नौ बजेमात्र खुला भएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *