काठमाडौं । रिलायबल भेञ्चर क्यापिटल लिमिटेडले दोस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले विभिन्न प्रस्तावहरुमा छलफल तथा निर्णय गर्ने लक्ष्यसहित सभा बोलाएको हो ।
कम्पनीको कात्तिक २१ गते बसेको २० औं सञ्चालक समितिको बैठकले मसिंर २७ गते बुधबार अपरान्ह ४ बजेदेखि सुरु गर्ने गरी अकामा होटल धुमबाराही, काठमडौंमा सभा डाकेको हो । कम्पनीले अनलाइन माध्यमबाट समेत सभामा भाग लिन सकिने व्यवस्था गरिएको जनाएको छ ।
उक्त सभामा कम्पनीको प्रबन्धपत्रको दफा (२) र नियमावलीको दफा (२) मा कम्पनीले रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्न विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै, कम्पनीले सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७९।०८० पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन तथा नियुक्तीसहित २०८० असार मसान्तको वासलात थता आर्थिक वर्ष २०७९।०८० को नाफा नोक्सान हिसाब र सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब, नगद प्रवाह विवरण लगायतका सम्बन्धित वित्तीय विवरणहरु पारित गर्ने जनाएको छ ।
अर्थ सन्जाल