काठमाडौं । सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध विरुद्धकाे रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेकाे छ । न्यायाधीश विनोद शर्माको इजलासले रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सर्वाेच्चले टिकटक प्रतिबन्धको निर्णय गर्नुको कारणबारे भने सरकारसँग लिखित जवाफ माग गरेको छ । यो मुद्दालाई मंसिर १९ गते पूर्ण सुनुवाइका लागि पेश गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।
२७ कात्तिकमा मन्त्रिपरिषद बैठकले टिकटकमार्फत अराजतकता बढेकाे भन्दै नेपालमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन गरेकाे भन्दै कानून व्यवसायी तथा सरोकारवालाले सर्वोच्चमा ११ पटा रिट दर्ता गरेका थिए ।
Artha Sanjal
अर्थ सन्जाल