काठमाडौँ । आज बजारमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.८३ अकंले घटेर १८२९.३५ बिन्दुमा बन्द भएको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ४.४८ अंकले घटेर ३५२.०५ को विन्दुमा पुगेको छ।
मंगलबार २८५ कम्पनीको ३६ लाख ७५ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ९५ करोड ४ लाख ७९ हजार रुपैयाँको कारोबार भइरहेको छ ।
आज १२ उपसूचक राताम्य भएका छन् । मंगलबार बैंकिङ समूहको ०.५३ प्रतिशत, विकास बैंक समूहको ०.८८ प्रतिशत, फाइनान्स समूहको १.५७ प्रतिशत, हाइड्रोपावर समूहको १.३९ प्रतिशतसहित १२ समूहको सेयर मूल्य घटेको हो ।
हिमालयन डिष्टिलरीको ७ करोड ७८ लाख र सोनापुरको ४ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल