


काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको ३०औँ वार्षिक साधारणसभा आगामी मंसिर २६ गते याक एन्ड यति होटलमा अपरान्ह ४: ३० बजे सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको प्रतिकित्ता १ हजार ५८० रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।
त्यसैगरी सभाले वित्तीय प्रतिवेदन, लेखापरिक्षणलगायतका प्रतिवेदन पारित गर्नेछ ।
कम्पनीले लाभांश वितरण प्रयोजनार्थ मंसिर १२ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ।
Artha Sanjal

अर्थ सन्जाल