काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले सर्वसाधारणका निष्काशन तथा बिक्री गरेको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहान आईपीओ बाँडफाँट गरेको हो।
क्यापिटलका अनुसार आईपीओमा कुल ११ लाख ६१ हजार ५ सय २९ जनाको आवेदन परेको थियो । जसमध्ये ११ लाख ५६ हजार ९ सय २७ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । ४ हजार ६ सय २ जनाको आवेदन रद्द भएको छ ।
योग्य रहेका आवेदकलाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँट गरिएको छ । जस अनुसार २ लाख ७ हजार ५ सय २८ जनाले कम्पनीको सेयर पाएका छन् । यी मध्ये ५ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले सेयर पाएका छन् ।
यसरी सदर आवेदकमध्ये बाँकी ९ लाख ४९ हजार ३९८ जनाको हात भने खालि भएको छ ।
कम्पनीले गत कात्तिक १६ देखि कात्तिक २० गतेसम्म सर्वसाधारणलाई २० लाख ७५ हजार २८५ कित्ता सेयर निष्काशन गरेको थियो। स्थानीयलाई सेयर निष्काशन गर्दा बिक्री नभएको ४ लाख ८७ हजार ९१० कित्ता समेत थपेर सर्वसाधारणलाई २० लाख ७५ हजार २८५ कित्ता सेयर निष्काशन भएको थियो।
अर्थ सन्जाल