


काठमाडौं । जुत्तामा आचार्य लेख्ने कम्पनीलाई कारबाही गर्न माग गर्दै नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआबी)मा उजुरी परेकाे छ ।आचार्य बन्धु समाजले आज बिहानै महाराजगंजस्थित ब्यूरोको कार्यालयमा निवेदन दर्ता गराएकाे हाे ।
आचार्य बन्धु समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य र महासचिव शुभनराज आचार्यसहितकाे टाेलीले उक्त निवेदन दिएकाे हाे । ब्यूरोका डिआईजी दिनेश आचार्यले अब अनुसन्धान अघि बढाइने बताए ।
केहीदिन अगाडीको आचार्य बन्धु समाजको केन्द्रीय समिति बैठकले जुत्ता कम्पनी विरुद्ध सिआईबीमा निवेदन दिने निर्णय गरेको थियो । निवेदनमा जुत्तामा ‘आचार्य’ राखिएकोमा क्षतिपूर्तिसहित हदैसम्मको कारबाहीको माग गरिएकाे छ ।
Artha Sanjal

अर्थ सन्जाल