


काठमाडौं । टिकटक प्रतिबन्धविरुद्ध सर्वाेच्च अदालतमा दायर भएकाे रिटमाथि सोमबार (आज) सुनुवाइ नहुने भएको छ । टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको भएपनि ‘हेर्न नभ्याइने’मा परेकाे हाे ।
सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले उनको एकल इजलासमा रहेका मुद्दाहरू हेर्न नभ्याइनेमा परेको सर्वोच्च अदालत स्राेतले जानकारी दियाे ।
२७ चैतमा मन्त्रिपरिषद् बैठकले टिकटकमार्फत अराजतकता बढेकाे भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको भन्दै कानून व्यवसायी र सरोकारवालाले सर्वोच्चमा गत शुक्रबार रिट दायर गरेका थिए ।
Artha Sanjal

अर्थ सन्जाल