


काठमाडौं । ज्योति विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिल ढकाल नियुक्त भएका छन् । बैंकको सीईओको जिम्मेवारी सम्हाल्दै आएका श्रीचन्द्र भट्ट बाहिरिएसँगै बैंक सञ्चालक समितिले कामु सीईओमा ढकाललाई नियुक्त गरेको हो । चाटर्ड एकाउन्टेन्ट ढकालले बैंकमा बरिष्ठ डेपुटी सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
बैंकले ढकाललाई मंसिर ३ गतेबाट लागू हुने गरि कामु सीईओको जिम्मेवारी दिएको हो । ढकालले यसअघि एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् । त्यसबाहेक ढकालले एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया लघुवित्तको समेत अध्यक्षका रुपमा समेत काम गरिसकेका छन् । उनले हाम्रो विकास बैंकको सीईओको जिम्मेवारी समेत सम्हालिसकेका छन् । ढकालसँग ढोलाइटी इण्डिया(बिग४) र आईसीआईसी बैंक इण्डियामा काम गरेको अनुभव पनि छ ।
२०७७ असार २४ गते सीईओ नियुक्त भएका भट्टले आफ्नो कार्यकाल एक बर्षभन्दा बढी बाँकी छर्दै राजीनामा दिएर बैंकबाट बाहिरिएका छन् ।

अर्थ सन्जाल