काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको गत मंसिर १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थी वर्षका लागि ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) सहित कुल १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् ।
Artha Sanjal
अर्थ सन्जाल