


काठमाडौं । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ।
गत मंसिर १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २६.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् ।
कम्पनीले ४९औँ साधारणसभा समेत आह्वान गरेको छ । कम्पनीको सभा आगामी पुस २६ गते नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादीमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस ५ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
Artha Sanjal

अर्थ सन्जाल