


रुकुम पश्चिम- रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। सोमबार बिहान चौरजहारी नगरपालिका ८ को गोईरीज्यूलामा लु१ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा २२ जना घाइते भएका हुन्।
चौरजहारी नगरपालिका वडा नम्बर १० खोला गाउँबाट जिल्ला सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको जिप दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए।
अहिले घाइतेहरू सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि ल्याइएको छ। घाइते मध्य सात जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।
Artha Sanjal

अर्थ सन्जाल